१५ कात्तिक २०७९,
पनौती, काभ्रे ।
नेकपा एमालेका धुलिखेल नगर सहइन्चार्ज र युवा संघका केन्द्रिय सदस्यसहित ४० जना युवाहरूले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमालेका धुलिखेल नगर सहइन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । पार्टीमा बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको बिरोध गर्दै तामाङ, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य रहेका एमाले खानिखोला गाउँपालिका उपसचिव बिरेन्द्र लामा (निमा) सहित ४० भन्दा बढी एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
युवा संघ नेपालका प्रदेश कमिटी सदस्य बिजय लामा, जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासघ जिल्ला सदस्य दिपक गोले लगायत एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
एमाले र माओवादी केन्द्र एक भएर बनेर नेकपा पछि फुटेपछि एमालेमा नै रहेका उनिहरुले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दा लोकतान्त्रिक वाम गठबन्धनलाई सहयोग गर्ने गरि पुरानै पार्टीमा फर्केको एसाले बताए ।
माओवादी केन्द्र प्रवेश गरेका बिरेन्द्र र एसाले गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर नराखी लागि पर्ने बताएका छन् । एमालेको व्यक्तिवादी सोचलाई समाप्त पार्न लोकतान्त्रिक गठबन्धनको जित हुन जरुरी भएको र त्यो अभियानमा दिलो ज्यान दिएर लागि पर्ने उनीहरूको भनाई छ ।