Google search engine

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग

१४ कात्तिक २०७९,
काठमाडौं ।

बालिका बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

लामिछानेविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ ।

प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो । तर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा जमैका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आएका हुन् । उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय