Google search engine

दाप्चा सडक कालोपत्रे मेरो पहलमाः हर्षजित लामा

१३ कात्तिक २०७९,
दाप्चा, काभ्रे ।

नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्य हर्षजीत लामाले दाप्चा सडक निर्माण र विकासका कामहरू आफूले गरेको भन्दै एमालेले जनतामा भ्रम छर्न खोजेको बताए । उनले दाप्चा काक्रे सडक कालोपत्रे गर्न आफूले पहल गरेको बताउँदै सो सडक निर्माणको जस पनि एमालेले लिन जनतालाई भ्रम छर्न खोजेको बताएका हुन् ।

लोकतान्त्रिक–बाम गठबन्धनले काभ्रेको नमोबुद्ध–८, दाप्चा तल्लोहटियामा गरेको कोणसभामा बोल्दै संविधान सभा सदस्य समेत रहेका नेता लामाले पहिलो संविधानसभा आफू निर्वाचित भएपछि गरेको पहल सार्थक भएर नै राणाकालमा बनेको उक्त बाटो कालोपत्रे भएको बताए । ‘यो क्षेत्रको जनप्रतिनिधिको रूपमा म निरन्तर काम गरिरहेको छु, पहिलो संविधानसभामा म निर्वाचित भएपछि मैले दाप्चा सडक कालोपत्रे गर्नको लागि मैले पहल गरेको हुँ, अर्थमन्त्री वर्षमान पुनलाई डेलिगेसन पनि गयौँ,’ उनले भने, ‘सचिव राजन खनालले पनि यसमा भूमिका खेल्नुभएको छ, हामीले गरेको काम एमालेले आफूले गरेको भन्दै प्रचार र उद्घाटन गरेर एमालेले जनतामा भ्रम छर्ने काम गरेको छ ।’

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फका उम्मेदवार सूर्यमान दोङ (लालध्वज) ले काभ्रेभञ्ज्याङ–दाप्चा–काक्रे सडकको बाँकी खण्ड कालोपत्रे गर्न प्रदेशसभा सदस्य उम्मेदवार रहेका तीर्थ लामालाई साथमा लिएर आफूले पहल गर्ने बताए । प्रदेशसभा १ (ख) का उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामाले विकास निर्माणका बारेमा विपक्षीले भ्रम छरेको भन्दै त्यो नपत्याउन अनुरोध गरे । उनले दाप्चा सडकको बाँकी खण्ड आफूले कालोपत्रे र स्तरोन्नति गर्न आफूले पहल गर्ने बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय