Google search engine

माओवादी केन्द्र काभ्रेले गर्यो उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

१२ कात्तिक २०७९,
बनेपा ।

नेकपा माओवादी केन्द्र काभ्रेले प्रतिनिधि सभा २ को आयोजनामा उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको छ । शनिबार बनेपामा नेकपा माओवादी केन्द्र केन्द्रिय सचिब लीलामणि पोख्रेलको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा केन्द्रिय सचिब लीलमणि पौडेलले समानुपातिक उम्मेदवारलाई मतदान कसरी गर्न सकिन्छ भन्नेबारे मतदातालाई शिक्षा दिनुपर्ने बताए।

कार्यक्रममा प्रतिनिधि सभा २ का उम्मेदवार शिव हुमगाइले नेपाली जनताबाट लेखिएको संविधान सुरक्षित हुन नसक्नु र ओली सरकारले दुई पटकसम्म संसद विघटन गरेको विषयमा एमालेले जवाफ दिन नसकेको बताए।

प्रशिक्षण कार्यक्रममा अगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचन लक्षित राजनीतिक, वैचारिक, साङगठनिक कार्यनीति र रणनीति बनाएर अघि बढ्नको लागि र समनुपातिक मत पार्टीलाई धेरै भन्दा धेरै हाल्ने वातावरण बनाउनको लागि यस्तो कार्यक्रमको प्रभावकारी देखिने नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक एवं प्रदेश समनुपातिक उम्मेदवार भोला अर्यालले बताए । गठबन्धनको उम्मेदवारलाई जिताउने देखि समनुपातिक मत पार्टीलाई धेरै भन्दा धेरै भोट हाल्नको लागि पार्टीको सबै तह तप्कमा रहेकाहरुलाई जिल्ला संयोजक अर्यालले निर्देशन दिए ।

कार्यक्रममा प्रतिनिधि सभा २ काभ्रेका गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदवार शिब प्रसाद हुमागाई र प्रदेश सभा (ख) का उम्मेदवार कन्चन चन्द्र बादे, माओवादी केन्द्र प्रतिनिधि सभा समनुपातिक उम्मेदवार मिना तामाङ, दिल सुन्दर श्रेष्ठ र प्रदेश तर्फका समनुपातिक उम्मेदवार रुकु चौलगाई, भोला आर्यल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तेज बहादुर मिजार, डा भरत लमिछाने, बागमती प्रदेश सचिब इन्द्र थिङ, केन्द्रीय सल्लाहकार सदस्य सुवास काजी श्रेष्ठ लगायत जिल्लाका बिभिन्न पालिका स्तरको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय