Google search engine

काभ्रेमा कार्यरत सई सन्तोष बानियाँ उत्कृष्ट प्रहरी घोषित

८ कात्तिक २०७९
काठमाडौं ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनको कामको कदर गर्दै बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो । कार्यालयले सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक एबम प्रशसनिय ढङ्गबाट सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

बानियाँले म्यादी प्रहरीहरूको प्रशिक्षकको रुपमा खटिई प्रशिक्षण प्रदान गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको, फरार अपराधीको पहिचान गरी पक्राउ गर्न सफल भएको लगाएत ६७ औं प्रहरी दिवस २०७९” अवसरमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिनामा पुरस्कृत गर्दै आइरहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय