काभ्रे ।
काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ का गठबन्धनतर्फका उम्मेदवार शिव प्रसाद हुमागाईले नेकपा एमालेले मिडियामा गलत प्रचार गरेर आफ्नो लाज छोप्ने काम गरिरहेको बताएका छन् ।
काभ्रेको बनेपामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिदैं कांग्रेस नेता हुमागाईले एमालेले आफ्नो लाज छोप्नका लागि नगरिएका कामको पनि प्रचार गरेर जनमानसमा झुटको खेती गरेको आरोप लगाए ।
भष्ट्रचारीको जिल्ला भनेर चिनीएको काभ्रे जिल्लाको वदनाम भईरहेको अवस्थामा भष्ट्रचार मूक्तका लागि आफ्नो उम्मेदवारी रहेको उनको तर्क छ । आगामी निर्वाचनका लागि क्षेत्र तथा प्रदेशमा योग्य सक्षम स्वच्छ छवि भएका उम्मेदवारहरु गठबन्धको तर्फबाट प्रस्तुत गरिएको उनले दाबी गरे ।
पत्रकारबाट गरिएको प्रश्न प्रति लक्षित गर्दै हुमागाईले जिल्लाको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा यस भन्दा अगाडि देखिनै सक्रिय रहेको बताए । विपक्षीहरुले विकास निर्माणका कामलाई मिडिया तथा सामाजिक संजालमा प्रचार गरेपनि वास्तविकमा समस्या जिउँका तिउँ रहको उनले बताए ।
वि.पी. राजमार्ग निर्माण, कोशीपारी सडक निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, कस्का पहलमा कहिले निर्माण भए ? काभ्रे उपत्यका खानेपानी बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको इतिहास हेर्न उनले सुझाव थियो ।
काभ्रे क्षेत्र नं २ का उम्मेदवार हुमागाईले केन्द्रबाट पार्टीको घोषणापत्र प्राप्त गरेसँगै जिल्लाका एजेण्डाहरु समेटिएको गठबन्धनको अवधारणा सार्वजानिक गर्ने बताए ।
कार्यक्रमा उपस्थित गठबन्धनका नेताहरुले सुशासन र दिगो सरकारका लागि अहिलेको लोकतान्त्रिक–बाम गठबन्धनको आवश्यकता परेको बताए ।
नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका प्रदेश सभा उम्मेदवार तिर्थ लामाले प्रविधिमैत्री समयको विकास भएको र त्यसकै प्रभावमा निर्वाचन हुने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए ।
नेकपा माओवादी तर्फका प्रदेश सभा उम्मेदवार रत्न ढकालले निर्वाचन क्षेत्र नं १ मा कुनै क्षेत्र भन्दा कम बजेट विनियोजन नभएको बताए । क्षेत्र नं १ मा विभिन्न महत्वका योजनाहरु संचालन भइरहेको उनको भनाई थियो ।
यी हाम्रा प्रयासमा भएका हुन् । उनले भने, “हामीले यस्ता थुप्रै योजनाहरु संचालन शुरुवात गरेका छौ । आफ्नो गाउँ र क्षेत्र निर्माण गरेर मात्र जिल्ला विकसित हुने बताउँदै ढकालले विकासका सम्पूर्ण पूर्वाधारका क्षेत्रहरु विकासका कार्य भइरहेका छन् र अब पनि यसलाई निरन्तरता दिइन्छ । ”
प्रादेशिक विश्व विद्यालय संचालन लगायत मल उत्पादन कारखाना काभ्रेमै संचालन हुने पनि उनले बताए ।