Google search engine

प्रभु साह एमालेबाट निष्कासित, रौतहट जिल्ला कमिटी विघटन

२८ असोज २०७९,
काठमाडौं ।

नेकपा एमालेले पार्टी त्यागेका स्थायी कमिटी सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले आज शुक्रवार परिपत्र जारी गर्दै मधेस प्रदेश सहइन्चार्जसमेत रहेका साहलाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन् ।

एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारको लागि टिकट पाएका शाहले एमालेको तर्फबाट उम्मेदवारी दर्ता नगरी स्वतन्त्रबाट मनोनयन गरेका छन्। रौतहट ३ बाट उम्मेदवार बनेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ।

यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सह–इन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पोखरेलद्वारा जारी परिपत्रमा उल्लेख छ । पार्टी विरोधी गतिविधिमा संगल्न भएको भन्दै प्रभु साह सहित इन्चार्ज शाह र सह–इन्चार्ज कुशवाहलाई साधारण सदस्यसमेत नरहने गरी एमालेले पार्टीबाट निष्कासित गरेको हो ।

यस्तै एमालेले रौतहटको जिल्ला कमिटीलाई पनि एमालेले विघटन गरेको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine