२५ असोज २०७९,
काठमाडौं ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ ।
देउवाको नागरिकतामा उल्लेख भएको जन्ममिति र मतदाता नामावलीमा भएको जन्ममिति फरक परेको भन्दै प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले उम्मेदवारी खारेजीको माग गरेर सोमवार उजुरी दिएका थिए ।
तर आज मङ्गलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीलाई खारेज गरेर देउवाको उम्मेदवारी कायम गरिदिएको छ । देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ भने मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवाको जन्ममिति नागरिकतामा उल्लेख भएअनुसार नै २००३ जेठ ३१ गते रहेको भन्दै मतदाता नामावलीमा गलत प्रिन्ट भएकाृ दाबी गरेको छ ।