२५ असोज २०७९,
काठमाडौं ।
सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
शिर्ष नेताले निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने चेतावनी पनि दिएका छन् ।