Google search engine

गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

२५ असोज २०७९,
काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । मङ्गलबार गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली सङ्घलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले हरेक गैर आवासीय नेपालीहरूले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक रहेको धारणा व्यक्त गरे ।

गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरूको विकास र प्रवर्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको पनि देउवाको भनाइ छ । यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको संरक्षणमा टेवा पुग्ने उनको विश्वास छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय