Google search engine

डेङ्गुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

२४ असोज २०७९
काठमाडौं ।

देशभर हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।

त्यसैबीच, पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ छ ।

हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन् । हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय