२४ असोज २०७९ ।
भारतको समाजवादी पार्टीका संस्थापक एवम् उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ ।
केही दिनदेखि बिरामी रहेका यादवको आज ८२ वर्षको उमेरमा गुरुग्राममा रहेको मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पिसाबको संक्रमणसँगै रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
यादव सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।