Google search engine

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

२४ असोज २०७९,
काठमाडौं ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आज सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार आज दिउँसो ३ बजेदेखि मंगलबार अपरान्ह ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने कार्यक्रम छ।

मंगलबार नै उम्मेदवारको नामावली प्रकाशन गरिने र बुधबार उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ।

बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय