Google search engine

देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी दर्ता

२४ असोज २०७९,
काठमाडौं ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ ।

विभिन्न जिल्लाबाट आएका पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा २ हजार ५ सय २ र प्रदेशसभामा ३ हजार ४ सय ३६ जना गरी ५ हजार ९ सय ३८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ २ हजार २ सय ६९ पुरुष र २ सय ३३ महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै प्रदेश सभातर्फ ३ हजार १ सय ३९ पुरुष र २ सय ९६ महिलाको उम्मेदवारी परेको छ ।

यसमा इन्टरनेट पहुँच नभएका कर्णाली प्रदेशका केही क्षेत्रको विवरण समेटिएको छैन। त्यसको विवरण आएमा उम्मेदवारको संख्या बढ्ने आयोगले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय