२३ असोज २०७९
काभ्रे ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेमा गठबन्धनको उम्मेदवारहरुको टुङ्गो लागेको छ ।
कांग्रेसको भागमा प्रतिनिधि सभा क्षेत्र नं २, प्रदेश सभा १ (ख) र प्रदेश सभा २ (ख) परेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा क्षेत्र १ र प्रदेश सभा १ (क) पाएको छ भने नेकपा एकीकृत समाजवादीले प्रदेश सभा २ (क) पाएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुर्यमान दोङले टिकट पाएका छन् भने प्रतिनिधि सभा क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट शिव हुमागाईले टिकट पाएका छन् ।
प्रदेश तर्फ १ (क) मा माओवादी केन्द्रबाट रत्न ढकाल उठ्ने भएका छन् । प्रदेश १ (ख) मा नेपाली काँग्रेसबाट तिर्थ लामाले निर्वाचनका लागि टिकट पाएका छन् । यस्तै प्रदेशतर्फ २ (क) मा नेकपा एकिकृत समाजवादीबाट लक्ष्मण लम्साल र २ (ख) मा नेपाली काँग्रेसबाट कञ्चन चन्द्र बादेले टिकट हात पारेका छन् ।
आज देशैभर मनोनयन दर्ता जारी छ । काभ्रेमा धुलिखेल र पनौतीमा मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय राखिएको छ ।