२२ असोज २०७९,
काठमाडौं ।
नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता घनश्याम भुसालले एमाले छाडेको घोषणा गरेका हुन् । उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
भुसालले पार्टीमा केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको भन्दै एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आएपनि अति भएकाले पार्टी परित्याग गरेको जनाएका छन् ।