२२ असोज २०७९,
काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गरेका छन् । सभामुख सापकोटाले कार्यकक्षमा पत्रकारहरूसँग भेटघाटमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
मनोनयन दर्ताको अघिल्लो पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । २०६४ र २०७० मा संविधानसभा सदस्य रहेका सापकोटाले २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । यो पटक पनि उनी सोही क्षेत्रबाट आकांक्षी थिए ।
सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार यो क्षेत्र कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीले पाएको छ ।