Google search engine

एमालेका नेता बालकृष्ण ढुंगेलको निधन

२२ असोज २०७९,
काठमाडौं ।

नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।

शनिबार बिहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिएका हुन् । परिवारका अन्य सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । उनका परिवारका अनुसार घरकै बाथरुममा लडेर ढुंगेलको निधन भएको हो ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा ढुंगेल ओखलढुंगाबाट निर्वाचित भएका थिए ।

सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर ढुंगेल करिब ७ वर्ष जेल बसेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय