Google search engine

बारा बस दुर्घटनाः मृतक १६ मध्ये १४ जनाको सनाखत

२० असोज २०७९
बारा ।

बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएको १६ जनामध्ये १४ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान १० स् ३० बजे बस दुर्घटना हुँदा १० जना पुरुष र ६ जना महिला गरी १६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिका २ बस्ने अन्दाजी ४० वर्षका लिलाराज चौधरी, कलैया उपमहानगरपालिका १० बस्ने ३५ वर्षका नाजलिन खातुन, र वर्ष २६ को ईताजत अन्सारी, जितपुरसिमरा उपमहानगरपालिका २२ बस्ने २८ वर्षका सुरेश बिक, चितवन खैरेनी नगरपालिका ५ बुडौली बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी र वर्ष ३५ का मनोरथ पुडासैनी, कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कँडेलको १४ वर्षका छोरा सफल कँडेल, पर्सा वीरगन्ज महानगरपालिका १६ बस्ने ६५ वर्षका सोमप्रसाद चौरसिया, सोही ठाउँका ३६ वर्षिया मन्निदेवी चौरसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यसैगरी मकवानपुर हेटौडा उपमहानगरपालिका ७ की शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षकी स्वस्तिका श्रेष्ठ, ओखलढुङ्गा बस्ने पूर्व प्रहरी नायब निरीक्षक लालबहादुर बोगटी, गोर्खाका ३५ वर्षकी अम्बिका कँडेल, धनुषा जनकपुर उपमहानगरपालिका ५ बस्ने वर्ष ५० को सन्तोषकुमार राय रहेको थापाले बताए ।

मृत्यु भएका २ जनाको हेटौडा अस्पतालमा शव रहेको नाम, थर वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

घाइतेहरुको हेटौंडा, वीरगन्ज र चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय