२० असोज २०७९
काठमाडौं ।
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।
विमानस्थल प्रहरीले सन्दीपलाई महानगरीय प्रहरी वृत गौशालालाई सन्दीप बुझाएको छ। अब गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्नेछ।
प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले आफू स्वदेश फर्किन लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । उनी विरुद्ध भदौको तेस्रो साता एक नाबालिग किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन्।
भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।