Google search engine

राष्ट्रपतिविरुद्धका रिटमाथिको सुनुवाइ आइतबारका लागि तोकियो

७ असोज २०७९,
काठमाडौं ।

नागरिकता विधेयकसम्बन्धमा परेको रिटको आजका लागि तोकिएको सुनुवाई स्थगित भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा सुनुवाइ आइतबार हुने भएको छ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको विधेयक आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो। तर सुनुवाई आगामी आइतबारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ ९४० को उल्लंघन गरेको रिटमा उल्लेख छ।

अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका थिए। रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय