६ असोज २०७९,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास बसेका अनधिकृत संरचना हटाएको छ । वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा बिहीबार दिउँसो महानगरले डोजर चलाएको हो ।
सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।
महानगरपालिकाले भने पसलहरु हटाउन बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो । डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ ।