Google search engine

अछाममा पहिरोमा परेर २१ जनाको मृत्यु

१ असोज २०७९
काठमाडौं ।

अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हुने सबैको परिचय खुलेको छ । उनीहरुमध्ये अधिकांश बालबालिका रहेको छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका–६ की ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामी, कमलबजार नगरपालिका–८ ढुङ्गलाका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिग्रा दमाई, ३ वर्षीय कलु दमाई र ४ वर्षीया कल्पना दमाई रहेका छन् ।

त्यस्तै, ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षकी मेनिका शाही र २१ वर्षीया भावना शाहीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परि अन्य दुई जना बेपत्ता भएका छन् , बेपत्ता हुनेमा ढकारी गाउँपालिका १ जना र तुर्माखाँद गाउँपालिकाका १ जना रहेको छन् ।

घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको प्रादेशिक अस्पताल सुर्खेत र केहीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण शनिबार राति पहिरो गएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय