३० भदौ २०७९,
काभ्रे ।
काभ्रेपलाञ्चोकको बेथानचोकमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका ४ चलालमा बुधबार राति पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।
पहिरोमा पुरिएर गम्भिर घाइते भएकी ६५ वर्षीय ठूलीमाया तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो । उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
स्थानीयका अनुसार उक्त स्थानमा सञ्चालित ढुंगाखानी माथिबाट झरेको पहिरोले तामाङको घर पुरेको हो ।