Google search engine

जिम्मेवारी हेरफेरसहित सात सचिवको सरुवा

२९ भदौ २०७९
काठमाडौं ।

सरकारले दुई जना सचिवको जिम्मेवारी हेरफेरसहित सात जना सचिवको सरुवा गरेको छ। सोमबार सरुवा गरिएका सचिवहरूमा थप दुईसहित सात जनाको सरुवा पत्र तयार भएको हो।

थपिएका सचिवहरूमा महालेखा नियन्त्रक कार्यालयका सचिव सुमनराज अर्याल र उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद मैनाली रहेका छन्।

पछिल्लो सरुवा सूचीअनुसार यसअघि सरुवा भएकामध्ये गृहसचिव टेकनारायण पाण्डे उपराष्ट्रपति कार्यालय पुगेका छन् भने बाँकी सचिवहरूको भने यसअघिकै यथावत रहेको छ । अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा सरुवा भएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको थियो।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय