Google search engine

स्थानीय तहमा उम्मेदवार भएकाहरु समानुपातिक उम्मेदवार बन्न नपाउने

२९ भदौ २०७९
काठमाडौं ।

नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई समानुपातिक उम्मेदवार बन्न रोक लगाएको छ।

नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यो निर्णयसँगै अब कांग्रेसमा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका समानुपातिकमा दुबैतर्फ उम्मेदवार बन्न पाउने छैनन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने, बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसको यो निर्णयसँगै हालै सम्पन्न स्थानीय निर्वाचनमा सहभागी भएर पराजित भए पनि संघीय र प्रदेशको चुनावमा समानुपातिकमा सिफारिसमा परेकाहरुका लागि धक्का पुगेको छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine