२२ भदौ २०७९,
काठमाडौं ।
सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्रको सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर भोलि शीर्ष नेताहरूलाई बुझाइने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको बताउँदै उनले भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए । कार्यदलको बैठकबाट प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने उनले बताए ।
गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा दाबी गर्दै आएको छ।