Google search engine

जनताको साथमा कांग्रेस अभियान, नमोबुद्धमा स्थानीय तह निर्वाचनको समिक्षा

१७ भदौ २०७९,
नमोबुद्ध ।

नेपाली कांग्रेस नमोबुद्धले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तयारी छलफल गरेको छ ।

जनताको साथमा कांग्रेस अभियान अन्तर्गत नमोबुद्ध नगरस्तरीय कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले स्थानीय तहका निर्वाचनको नतिजाबारे छलफल गर्नुका साथै निर्वाचित जनप्रतिनिधिले यो अवधीमा गरेका कामको मूल्याकंन गर्दै आगामी दिनको लागि सुझाव प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेस नमोबुद्ध वडा नं ४ का सभापति इन्द्र गैह्रापिप्ले, वडा नं १० का सभापति लालकाजी तामाङ, वडा नं ७ मा वडाअध्यक्ष पदका उम्मेदवार चन्द्र लामा लगायतले स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई नै विजयी गराउन भुमिका खेल्नुपर्ने बताए ।

जवाफ कांग्रेस नगर सभापति समेत रहेका नमोबुद्ध नगर प्रमुख कुन्साङ जनताका प्राथमिकतालाई ध्यान दिएर काम गरिरहेको भन्दै घोषणापत्रकै विषय नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको बताए । आफू निर्वाचित भएर आएको ३ महिनाको अवधीमा धेरै महत्वपूर्ण भएको भन्दै कार्यभार सम्हाल्दा गरेको निर्णय समेत कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए ।

जेष्ठ नागरिकको सुविधाको लागि घर–घरमा सामाजिक सुरक्षा भत्ता वितरण थालिएको भन्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र व्यवस्थित गर्न सुरुवात गरिएको बताए । पार्टीको शिर उच्च राख्ने गरी काम गर्ने भन्दै उनले गलत काम गर्न दबाब नदिन पनि सबैमा अनुरोध गरे ।

अभियानका लागि नमोबुद्ध नगरपालिकामा खटिएका कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईले संविधानको कार्यान्वयनको लागि पनि गठबन्धन आवस्यक रहेको बताए । उनले आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा कांग्रेसले विजयी प्राप्त गर्न सके मात्रै विकास र समृद्धी हुने तर्क गरे ।

कार्यक्रममा कांग्रेस जिल्ला सदस्य भोला भट्टराई, राधिका तिमल्सिना श्रेष्ठ, प्रतिनिधि सभा क्षेत्र नं १ का कोषाध्यक्ष शंकर अधिकारी, नमोबुद्ध नगर कार्यवहाक सभापति इन्द्र दाहाल, नमोबुद्ध नगर सहसचिव समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारी लगायतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जित हासिल गर्न पार्टीका सबै तह परिचालित हुनुपर्ने बताए ।

नगर सचिव महेन्द्रकुमार थिङले सञ्चालन गरेको कार्यक्रममा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित कपिल कोइराला र जिल्ला अध्यक्ष नगेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय