Google search engine

कक्षा १२ को नतिजा सार्वजनिक, ४१७९ जनाले ल्याए ३.६ देखि ४ जिपिए

१७ भदौ २०७९,
काठमाडौं ।

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार ४ हजार १७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३० हजार १०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । ६५ हजार २८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४ हजार ९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् । १० हजार ९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन् । त्यस्तै १.६१ जिपिए ल्याउने ३५ जना छन्।

नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० हजार ८७८ जनाले दिन पाउनेछन्। यस वर्ष जम्मा ३ लाख ९६ हजार १८५ जनाले कक्षा १२ को परीक्षा दिएका थिए ।

बोर्डले यो पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेको हो । यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अङ्क ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय