१७ भदौ २०७९,
काठमाडौं ।
कोरोना संक्रमणका कारण एकै दिन ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २०६ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो।
यही अवधिमा ३९८ जना संक्रमणमुक्त भएका छन् ।