Google search engine

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, एलपीजी ग्यासको मूल्य भने घट्यो

१६ भदौ २०७९,
काठमाडौं ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ भने एलपीजी ग्यासको मूल्य घटेको छ ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ १२ रुपैयाँ बढेर आएको छ भने हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको भाउ उकालो लागेको छ । त्यसैले पनि आईओसीले पठाएको नयाँ मूल्यसूची बढेर आएको हो ।

यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य भने घटाएको थिएन ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय