Google search engine

वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाइयो

१६ भदौ २०७९
काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।

सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो ।

ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय