Google search engine

देशैभर तीजको लहर

१४ भदौ २०७९
काठमाडौं ।

नेपाली महिलाहरुको महान पर्व तीज, आज दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्दै मनाइएको छ ।

तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ, काभ्रेको धनेश्वर, इन्देश्वरसहित देशभरका शिव मीन्दरहरुमा पूजाआजा गर्ने महिलाहरुको घुँइचो लागेको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

विवाहिता महिलाहरुले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरुले योग्य बरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine