८ भदौ २०७९,
काभ्रे ।
बहादुर तामाङ (सूर्य कुण्डले) ले प्रतिनिधिसभा सांसदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ बाट कुन्डलेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
कुण्डले काभ्रे कांग्रेसका जिल्ला सभापति एवम संविधानसभा सदस्य तीर्थ लामाका वडावासी समेत हुन् ।
रोशी गाँउपालिका ६ का कुन्डले एमालेको पार्टी राजनीतिमा सक्रिय थिए । गत स्थानीय निर्वाचन अघि नेपाली कांग्रेस प्रवेश गरेका उनी अब स्वतन्त्र सांसद उठ्ने भएका हुन् । यसअघि उनि २०७२ को भुकम्प पछीको राहत तथा कोरोना प्रभावित को सहयोगका लागी त्यस क्षेत्रमा खटिएका व्यक्ती हुन ।