Google search engine

थपिए ६५८ कोरोना संक्रमित, १ जनाको मृत्यु

६ भाद्र २०७९
काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो । ३ हजार ३ सय ८१ जनाको पीसीआर र ३ हजार २ सय ६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय