Google search engine

राजकीय सम्मानका साथ कांग्रेस नेता गिरिको अन्त्येष्टि

५ भदौ २०७९
काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उनको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।

स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तित्व आर्यघाटमा पुगेका थिए ।

प्रधानमन्त्री देउवाले गिरीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवम् श्रद्धाञ्जली अर्पण गरे । स्व. गिरीलाई उनका छोरा सन्तोषले दागबत्ती दिए ।

गिरिको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरिका श्रीमती र एक छोरा छन् ।

नेता गिरिलाई घाँटीको क्यान्सर भएको थियो। केही साताअघि उनी भारतबाट उपचार गरेर फर्किएका थिए । भारतमा उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि गिरी अस्पताल भर्ना भएका थिए। गिरीको हिजो शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय