Google search engine

कांग्रेसद्वारा गिरिको निधनमा शोक प्रस्ताव पारित

५ भदौ २०७९
काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आइतबार बिहान आकस्मिक रुपमा बसेको बैठकले कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

गिरिको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाइने भएको छ । यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गरिने सहमहामन्त्री भिष्मराज आङदाम्बेले बताए ।

नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीर दिउँसो २ बजेसम्म कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने तयारी छ । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय