४ भदौ २०७९
काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । ललितपुरको नख्खुमा उपचाररत गिरिको स्वास्थ्य अवस्था जटिल बनेको र उनको स्वास्थ्य लाभको प्रार्थना गर्न उनकी पत्नी भारती सिलवालले अपिल गरेकी छन् ।
क्यान्सरका कारण देखिएको समस्या र निमोनिया फैलिदै गएको भारतीले शनिवार जारी वक्तव्यमा उल्लेख गरेकी छिन् ।
नेता गिरिलाई घाँटीको क्यान्सर भएको थियो। केही साताअघि उनी भारतबाट उपचार गरेर फर्किएका थिए । भारतमा उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि गिरी अस्पताल भर्ना भएका थिए।