Google search engine

‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन हुने

४ भदौ २०७९
काठमाडों ।

नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको बीपी जन्मजयन्ती सन्दर्भ पारेर १४ दिने अभियान सञ्चालन गर्ने भएको हो ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गाउँ केन्द्रित अभियान सञ्चालन हुन लागेको हो ।

पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने महतले बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय