Google search engine

बञ्चरेडाँडामा तनाव, प्रहरीद्वारा हवाई फायर

३१ साउन २०७९
काठमाडौं

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि धादिङ–नुवाकोटको सीमाना बञ्चरेडाँडामा तनाव भएको छ।

फोहोर बोकेर गएका गाडीहरु रोक्न स्थानीयले गुलेलीबाट ढुङ्गा हान्न थालेपछि प्रहरीले हवाई फायर गरेको छ। फोहोर विसर्जन गर्न गएका गाडीलाई अवरोध नगर्न भनेर माइकिङ गरेपछि प्रहरीले सुरक्षाकर्मीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ। स्थानीयले आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको प्रहरीले जानकारी दिएको छ।

स्थानीयहरुले विभिन्न माग राखेर उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएपछि फोहोर बोकेका गाडीहरुको सुरक्षाका लागि प्रहरी खटाइएको थियो।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine