Google search engine

सत्तारुढ काँग्रेसद्वारा निर्वाचन अयोगमा दल दर्ता

३१ साउन २०७९
काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसले आगामी संघीय निर्वाचनका लागि दल दर्ता गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मङ्गलबार दिउँसो करिब ४ बजे आयोगमा दल दर्ता भएको जानकारी दिए ।

काँग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल दल दर्ताका लागि मंगलबार अपरान्ह निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

सहयोगीका रुपमा काँग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंगलबारसम्म तोकेको थियो । काँग्रेसले अन्तिममा मंगलबार दल दर्ता गरेको हो ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा काँग्रेसले ढिलो गरी दल दर्ता गरेको हो । सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरेपछि दल दर्ता गर्न काँग्रेसलाई सहज भएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय