Google search engine

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनयन

३१ साउन २०७९
काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा १० जना महिलालाई मनोनयन गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनयन हुनेहरुमा किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गङ्गा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा रहेका छन् ।

काँग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो । अब १० जना थपिएका हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय