Google search engine

निर्वाचनमा टिकट वितरण न्यायपूर्ण हुने देउवाको दाबी

३० साउन २०७९
काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताएका छन् । कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण तथा शुभकामना आदाप्रदानका लागि सोमवार ललितपुरमा आयोजित कार्यक्रममा देउवाले कुनै गुट नभनी न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने बताएका हुन् ।

पार्टीका कसैलाई भेदभाव नगर्ने र सबैलाई मिलाएर लैजान इच्छा रहेको देउवाको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी अहिले गठबन्धनमा छौँ । जनताभन्दा ठूला कोही छैनन् । उनीहरूको साथ, समर्थन लिनु आवश्यक छ । सबैलाई मिलाएर लैजान्छु, अन्याय हुन दिन्न । ढुक्क हुनुहोस् ।’

सभापति देउवाले गठबन्धन छँदैछ भनेर ढुक्कले नबस्न पनि पार्टीका नेता कार्यकर्तालाई अपिल गरे । ‘गठबन्धन छँदैछ चुनाव जितिहालिन्छ भनेर ढुक्कले नबसौं,’ उनले भने, ‘जनता भन्दा ठूलो कोही छैन, जनतामा जान, जनताको विश्वास जित्न आग्रह गर्दछु ।’

देउवाले निर्वाचनमा पार्टीको पक्षमा नागरिकको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमा नागरिकभन्दा ठूलो अरू कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आउँदो चुनावमा पनि नागरिकको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वाससमेत व्यक्त गरे ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय