२९ साउन २०७९,
काठमाडौं ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।
आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए ।
गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो ।