Google search engine

राष्ट्रपतिले नागरिकता विधेयक नरोक्ने दाहालको दाबी

२५ साउन २०७९,
काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने दाबी गरेका छन् ।

जापान भ्रमणबाट फर्केपछि बुधबार सञ्चारकर्मीसँग त्रिभूवन अन्त्रराष्ट्रिय विमानस्थलमा कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिले नागरिकता विधेयक नरोक्ने दाबी गरेका हुन् । ‘मैले हिजै पनि जापानमा पत्रकारहरुसित भनेको थिएँ, राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न,’ उनको भनाइ थियो, ‘ढिलो हुनुहुँदैनथ्यो ।’

दाहालले सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता नगर्ने बताए ।

संसद्का दुवै सदनबाट बहुमतले पारित भएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) राष्ट्रपतिले प्रमाणीकरण गरेकी छैनन ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय