Google search engine

कोरोना संक्रमणबाट एकै दिन ३ जनाको मृत्यु, ८ सय ६८ संक्रमित थपिए

२५ साउन २०७९
काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ८६८ जना संक्रमित भएका छन् ।

पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा पाँच हजार आठ सय ८५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine