Google search engine

म्याग्दीमा पहिरोले एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दीमा पहिरोले एकै परिवारका ५ जनाको मृत्यु

१७ साउन २०७९,
म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब ४ बजे आसपास गएको पहिरोले घामबहादुर विकको घर पुर्दा परिवारका सबै ५ जनाको मृत्यु भएको हो।

निरन्तरको झरी त्यसमाथि विकट भएकाले नजिकै भएका गाउँलेले पनि ढिलो गरीमात्रै घटनाबारे थाहा पाएका थिए । पहिरोमा परी घामबहादुर, उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय छोरा राजन र ७ वर्षीय छोरी अस्मिको मृत्यु भएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए ।

पहिरोले पुरेको अवस्थामा सुरुमा २ जनाको मात्रै शव फेला परेको थियो । सुरुमा नवीन विक र राजन विकको शव फेला परेको थियो बाँकी ३ जनाको अवस्था अज्ञात थियो । तर मंगलबार दिउँसोसम्म सबैको शव भेटिएको छ ।

पहिरोमा परी स्थानीय ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय