१७ साउन २०७९,
काठमाडौं ।
सप्तकोसी नदीमा बाढी आएको छ । पहाडी जिल्लामा सोमवारदेखि निरन्तर परेको पानीका कारण सप्तकोसीमा ठूलो बाढी आएको हो ।
सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
कोशीमा सतह बढेर उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको छ । बस्तीमा पानी पसेमा सप्तरीसम्मका कैयौँ गाउँ डुबान र कटानमा पर्नेछन् । नदी किनारका केही बासिन्दाले सुरक्षित स्थानको खोजी गर्दै घर छाड्न थालेका प्रहरीले जनाएको छ ।