Google search engine

एकै दिन ६२० जना नयाँ संक्रमित, १ जनाको मृत्यु

१५ साउन २०७९
काठमाडौ ।

पछिल्लो २४ घण्टामा देशभर ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६५१ जनाको पिसीआर र ३ हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको परिक्षणमा ६ सय २० जनामा संक्रमण पाइएको हो । यही अवधिमा २ सय ९७ कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७० हजार ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा ५ संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय