१५ साउन २०७९
काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ।
नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई हकप्रद शेयर दिने प्रस्ताव गरेको हो भन्ने प्रश्न राख्दै तीन दिनभित्र के कति कारणले त्यस्तो भएको हो भन्नेबारेमा जानकारी गराउन निर्देशन दिएको छ।
सो कम्पनीले सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई शेयर मूल्यमा प्रभाव पारेको देखिन आएको जनाएको छ।